टी–२० क्यानाडा लिग क्रिकेटः सोमपाल कामीको टिम फाइनलमा प्रवेश

२६ साउन, ऐजेन्सी । टी–२० क्यानाडा लिग क्रिकेटमा टिम विनिपेग हवक्स ग्लोबल ब्राम्पटोन उल्भसलाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

शनिबार राति भएको प्ले अफको दोस्रो क्वालिफायरमा नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध रहेको विनिपेग हक्सले फाइनलमा प्रवेश गरेसँगै अब उपाधिका लागि भेनकाउभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ । 

२०१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको विनिपेगले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको उल्भसले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो । 

null

उल्भसका लागि कप्तान डारेन सामीले ३३ रन बनाए भने शाहिद अफ्रिदी र बाबर हायातले समान ३२/३२ रन बनाएका थिए भने वहाब रियाजले २३ रनको योगदान गरेका थिए । 

विनिपेगको जितका लागि सैमन अनवरले ५२ तथा जेपी डुमीनीले ५० रन र सन्नी सोहेलले ४१ रन बनाउँदा क्रिस लियोनले ३५ रनको योगदान गरे । यो खेलमा नेपाली बलर सोमपाल कामी भने मैदान उत्रिने अवसर पाएनन् । बलिङमा हक्सका रायद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिन भ्याए । 

सुरुवाति ११ मा स्थान बनाउन नसके पनि सोमपालले १२औं खेलाडीका रुपमा भने मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए । सातौं नम्बरमा ब्याटिङ गर्न आएका अफ्रिदी १६ बलको सामना गर्दै एक चौका र तीन छक्का प्रहार गरेर आउट भए । 

पौल भ्यान मेकेरिनको बलमा १८ दशमलव पाँच ओभरमा आउट भएका अफ्रिदीको क्याच सोमपालले लिएका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =