देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सबै सेवा ठप्प

माघ १८, काठमाडौँ । नेपाल चिकित्सक संघले आज (शुक्रबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दै आन्दोलन थालेको छ ।
बसेका डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन गर्न तथा उनको जीवनरक्षा गर्न माग गर्दै चिकित्सकहरुले अस्पतालको सबै सेवा ठप्प पारेका हुन् ।
null
काठमाडौंको त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक बिहानैदेखि सबै सेवा बन्द गरिएको चिकित्सक संघले जनाएको छ ।
नेपाल चिकित्सक संघको बिहीबार बसेको आकिस्मक बैठकले सरकारका कारण डा. केसीको जीवन संकटमा परेको निष्कर्ष निकाल्दै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरी प्रर्दशनमा उत्रने निर्णय गरेको हो ।
चिकित्सक संघले सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरिएको जनाएको छ।
कांंग्रेसको विरोधकाबीच सरकारले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विधेयक सर्वसम्मतले पारित गरेको थियो । त्यसैको विरोधमा यसअघि चिकित्सकहरु देशभरका अस्पताल हातामा रिले अनशनमा समेत बसेका थिए।
चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा छन् र उनी अनशन बसेको २४ दिन भएको छ ।








