जिस्क्याइरहेछ पालुवाहरुले ।।
मकालु खबर
२०७४ जेठ १५ गते
“
“”अतीत”” अशोक दवाडी
ती चौबाटाहरु सुन्दर थिए बटुवाहरुले ।।
गुनासो गरेनन् कहिल्यै पाटिपौवाहरुले ।।
तँछाड मछाडको होडबाजी चलिनैरहेछ ।।
खरायोलाई धावा बोल्नेछन् कछुवाहरुले ।।
जबजब सम्बन्धमा दरार आइदिन्छ नि ।।
अक्सर दोष पाउने गर्छन् बालुवाहरुले ।।
मेरो झ्याल समिमै भौतारिदै आउँछन् ।।
र प्यार साट्छन खुलेयाम चखेवाहरुले ।।
बसन्तमा पनि चैते खडेरी लागेर होला ।।
जिस्क्याइरहेको भान हुन्छ पालुवाहरुले ।।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित