सामाग्री र आनालाई अनमोलको ‘ह्याङओभर’

काठमाडौं,साउन २८ । चलचित्र प्रदर्शन नजिँकिदै जादा नायिका सामाग्रीराज्य लक्ष्मी शाह र आना शर्मालाई चिन्ता बढ्न थालेको छ । दुबैलाई यहीँ पीर छ‘चलचित्रले बजार पिट्ला कि नपिट्ला ?’ तर त्यो भन्दा अर्काे पीर यो छ,नायक अनमोलसँगको ह्याङओभरबाट मुक्त हुनु । त्यसो त अनमोलको ‘कृ’पनि प्रदर्शनीको तयारीमै छ ।

नेपाली चलचित्र क्षेत्रमा दुइ नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र आना शर्माले नायक अनमोल केसीसँग काम गरेर चलचित्र क्षेत्रमा पाइला चालेका हुन् । भनौँ,दुबैको डेब्यू चलचित्र अनमोलसँग भयो । तर, एउटा चलचित्रलाई हिट दिएका उनीहरुको अहिलेसम्म अर्काे चलचित्रमा सँगै अनुहार देखिएको छैन ।

समय समयमा दुबै जनाको नाम अनमोलसँग जोडिएर आउँने गरेको छ । अहिले दुवै नायिकाले यो प्रश्न फेस गरिरहेका छन् । साम्राज्ञीको डेब्यू चलचित्र ‘ड्रिम्स’ र आनाको डेब्यू चलचित्र ‘जेरी’बाट भएको हो । दुवै चलचित्रका नायक अनमोल नै थिए ।

सबैले भन्ने गरेका छन् साम्राज्ञी र आनाले पहिलो चलचित्रबाट नै चर्चा पाउनुको पछाडि अनमोलकै साथ हो । तर, अब सामाग्री र आनाको दोस्रो चलचित्रले बजारमा कस्तो तहल्का मच्चाउला कि नमच्चाउला ? दर्शकले यो हेर्न बाँकी छ । त्यसैले, दोश्रो चलचित्र रिलिजसँगै यी दुइ अनमोल ‘ह्याङ’बाट मुक्त हुन्छन् भन्ने टिप्पणीहरु पनि चल्न थालेको छ ।

आना अभिनित चलचित्र ‘ग्याङस्टार ब्लूज’ आउँदो साता अर्थात भदौ २ गतेबाट रिलिज हुँदै छ भने साम्राज्ञी अभिनित चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *