मौसमः तराईमा हुस्सु/कुहिरो, वर्षा र हिमपात हुने, यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

पुस ०४, काठमाडौं । हाल मध्य तथा पुर्वी तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। पश्चिमी भू-भाग लगायत पहाडि भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान 

पौष ४  गते (शुक्रबार) 

दिउँसोः देशको पश्चिमि र मध्य भू-भाग लगायत पूर्वी  पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही  बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडि/हिमालि भू-भागमा हल्का हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।   

रातीः देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । 

पौष ५  गते (शनिवार) 

दिउँसोः देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी  भू-भागमा आंशिक वदली रहनेछ। पश्चिम भेगका उच्च पहाडिरहिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडि भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ । 

रातीः देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ। 

पौष ६  गते (आइतवार) 

दिउँसोः देशको पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।   

रातीः देशको पूर्वी  पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =