फ्राईडे रिलिजमा बिराजको ‘साङ्लो’ र बिपिनको ‘सेल्फी किङ्ग’ को टक्कर

माघ २४, काठमाडौँ । केही साता देखी नेपाली चलचित्र एकल प्रदर्शन हुँदै आईरहेको अवस्थामा यस साताको शुक्रबार भने नेपाली दुई चलचित्र एकसाथ प्रदर्शनमा आएको छ ।  यस साताको शुक्रबार बिपिन कार्की स्टारर चलचित्र  ‘सेल्फी किङ्ग’ र बिराज भट्ट स्टारर ‘साङ्लो’ एकसाथ प्रदर्शनमा आएको हो ।   

‘सेल्फी किङ्ग’ 

कलाकार विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ’ ड्रामा र कमेडी जनरामा निर्माण भएको चलचित्र हाे ।  विपिन  ‘सेल्फी किङ’को नामले परिचित चर्चित हाँस्य कलाकारको भुमिकामा प्रस्तुत भएका छन् । 

चलचित्रमा विपिनको जीवनमा आउने उतार–चढावको बारे देखाइएको छ ।  चलचित्रमा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जिवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायत कलाकारको भूमिका रहेको छ । 

चलचित्रको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो ।  ‘सेल्फी किङ्ग उनको डेब्यु निर्देशनमा बनेको चलचित्र हो ।  दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । 

‘साङ्लो’ 

चलचित्र  ‘साङ्लो’ नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार एक्सनप्रधान चलचित्र हो ।  किड्नी तस्करीको कथा समेटिएर बनाईएको यस चलचित्रमा निर्देशक तथा  भट्टसँगै पूर्व मिस नेपाल निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।   

नायिका चण्डकको  ‘साङ्लो’ डेब्यु चलचित्र रहेको छ । लामो समयपछि नेपाली चलचित्रमा   विराजले  ‘साङ्लो’ कमब्याक गरेका हुन् ।  यस चलचित्रका विराज र चण्डक नाचेको ‘चरीले काफल टिप्यो’ बोलको गीतलाई दर्शकले औधी रुचाएका छन् ।  । 

विराज भटट् फिल्म प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रमा  तेज बहादु खड्काको पनि लगानी रहेको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =