स्थानीय तहका लागि दरखास्त दिने म्याद थपः लोकसेवा आयोग

 

असार ३, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापनमा आवेदेन दिने म्याद थप गरेको छ । 

मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरिएको जानकारी गराएको हो । 

null

दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएका कारण धेरैले फारम भर्न नपाएको भन्दै निवेदन दिएपछि लोकसेवा आयोगल आवेदन दिने म्याद थप गरेको हो । 

१० गते पश्चात् भने दोब्बर दस्तुर तिरेर १७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । 

जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन माग गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =