सुत्केरी अबस्थामै परीक्षा दिदा विनितालाई समस्या

मुगु, साउन १९ । महाकाली उच्च माध्यामिक बिद्यलायमा अध्यनरत बिनितालाई एस ई ई परीक्षा दिन समस्या भएको छ । छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० बर्षिय बिनिता शाहीलाई सुत्केरी भएको दुई दिनमै सुत्केरी अबस्थामा परीक्षा दिनुुपर्दा समस्या भएको हो । आजबाट शुरु भएको एस ई ई ग्रेड वृद्धीमा पहिलो दिन अग्रेजी बिषयको परीक्षा दिदै गर्दा आफूलाई परीक्षा हलमा निकै समस्या भएको र लेख्ने सहयोगी राख्न नदिएको दुखेसो गर्नुभयो ।

यसैबीच जिल्ला पशुसेवा कार्यलय मुगुले सुनौला हजारका महिलाहरुलाई बाख्रा र चल्ला बितरण गरेको छ । बहुक्षेत्रिय पोषण आयोजना अन्तरगत कार्यलयले जिल्लाका साविकका सात गाबिसका सुनौला हजारका महिलाहरुलाई बाख्रा तथा चल्ला बितरण गरेको हो । जिल्लामा ल्याईएका ६० वटा बाख्रा र १००० कुखुराका चल्ला सुनौला हजारका महिलाहरु लाई बितरण गरीएको जिल्ला पशुसेवा कार्यलयका नि कार्यलय प्रमुख भिमचन्द्र बुढाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *