प्रतिबन्धित विभिन्न सङ्गठनमा आबद्ध १२१ जना पक्राउ

 

फागुन २४, इस्लामावाद । प्रतिबन्धित विभिन्न सङ्गठनमा आवद्ध १२१ जनालाई पाकिस्तानी सुरक्षाकर्मीहरुले पक्राउ गरेका छन् । 

गत चार दिनको अवधिमा उनीहरुलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले प्रतिबन्ध लगाएका सङ्गठनका व्यक्तिहरु पक्राउ परेको स्थानीय उर्दु टेलिभिजन सामाले जनाएको छ । 

null

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार पक्राउ परेका व्यक्तिहरु प्रतिबन्धित विभिन्न सङ्गठनमा निकै सक्रिय थिए । 

देशको सुरक्षा निकायले शङ्कास्पद र प्रतिबन्धित व्यक्तिहरुलाई पक्राउ गर्ने क्रमलाई तिव्रता दिएको अधिकारीहरुले जनाएका छन् । 

पाकिस्तानमा जमात उड डावा, फलाह ए इन्सानीट फाउन्डेसन, जैश ए मुहम्मद (जेम) लगायतलाई प्रतिबन्ध लगाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =