चेकजाँच गर्ने क्रममा अवैध १७०० चल्ला नियन्त्रणमा
२०७५ पुस ३० गते

पुस ३०, सर्लाही । भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार राति ९ः३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले चल्ला र गाडीलाई नियन्त्रणमा थिएको थियो ।
नियन्त्रणमा लिइएको चल्ला र गाडीलाई सर्लाही भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
null
२०७५ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित








