अवकाश प्राप्त उपरथी श्रेष्ठसहित नौ सैनिक अधिकृत कारवाहीमा

काठमाडाैं । नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही  गर्ने निर्णय गरेको छ । समरी जनरल सैनिक अदालतले सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंँदा सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा उपरथी श्रेष्ठसहितका सैनिक अधिकृतलाई कारवाही गर्ने निर्णय गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा परेका  एक अधिकृतसहित अन्य नौ जनालाई भने  अदालतले सफाइ दिने गरी फैसला गरेको छ । सैनिक हवाई महानिर्देशनालय भएको उक्त घटनाको  सत्यतथ्य छानबिन गर्न सैनिक मुख्यालयले रथीको अध्यक्षतामा  कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरेको थियो । उक्त बोर्डको  प्रतिवेदनका आधारमा  अदालतले कारवाही गर्ने निर्णय गरेको हो ।

उपरथी श्रेष्ठबाट ५८ लाख ९५ हजार ५९ को कुनै हिसाब किताब नराखी आर्थिक अनियमितता गरेको देखिएको ठहर गरिएको छ । बलाधिकृतरथी शरदकुमार गिरीको अध्यक्षतामा गठित अदालतले निजबाट उक्त  रकम असुल उपर गरी नसिहत दिने फैसला सुनाएको हो । सोही मुद्दामा संलग्न अधिकृतले आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरी सचेत गराउने गरी फैसला भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =