जीवनरक्षा र भविष्यप्रति आशा जगाउने गरी बजेट ल्याएको छुः अर्थमन्त्री
२०७७ जेठ १५ गते

काठमाडौं। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको संघीय संसद बजेट प्रस्तुत गर्न सुरु गरेका छन्। अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संघीय संसदमा प्रस्तुत गरिरहेका छन्। उनले कोरोनाको कारण नेपालको अर्थतन्त्रमा गम्भीर संकट पर्ने संकेत देखा परेको बताए।
विश्व अर्थतन्त्रसँगको अन्तरआवद्धताले नेपालको आर्थिक वृद्धिलाई पनि कमजोर बनाएको बताए। उनले उच्च आर्थिक वृद्धिको गतिलाई कोरोनाले धक्का पुर्याएको बताए। कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने दायित्वबोध गरेको छु ।
कोरोनाले नयाँ परिस्थितिले श्रृजना गरेको अवस्थालाई सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सचेत रहेको उनले बताए। सबै नेपालीको जीवनरक्षा गर्ने, भविष्यप्रति आशा जगाउने र विकासलाई गतिशीलतामा लैजाने उद्देश्यले बजेट प्रस्तुत गरेको छुु, उनले भने ।
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित









