झापाको कचनकवलमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । झापाको कचनकवलमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कचनकवल गाउँपालिका ३, ६ र ८ नम्बर वडामा गरी थप १० जनामा कोरोना पुष्टि भएको हो ।

सो गाउँपालिकामा यसअघि हिजो साँझ मात्रै ५ जनामा कोराना संक्रमण पुष्टि भएको थियो भने धरान र धनकुटामा १–१ जनामा कोरोना देखिएको थियो । उनीहरुमा वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा कोरोना भाइरस पुष्टि भएको हो ।यीसहित प्रदेश १ मा संक्रमितको संख्या ७७ पुगेको भने नेपाल भर कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *