झापामा थपिए ९ जना कोरोना सङ्क्रमित
२०७७ जेठ ६ गते

सांकेतिक तस्वीर। मकालु खबर
काठमाडौं। झापामा थप ९ जनामा कोरोना सङ्क्रमण देखिएको छ। झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कका एक अधिकारीका अनुसार कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना सङ्क्रमण देखिएको हो। योसँगै झापामा सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ।
सोमबार पनि झापाको केचनामा एक जनामा कोरोना सङ्क्रमण देखिएको थियो। आज सङ्क्रमण पुष्टि भएका ९ जना पनि सोमबार देखिएका ती सङ्क्रमितको सम्पर्कमा रहेको पाइएको छ। उनीहरूलाई उपचारका लागि विराटनगरस्थित कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भइरहेको छ।
२०७७ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








