कपिलवस्तुमा थप ४ जनामा देखियो कोरोना संक्रमण
२०७७ जेठ ६ गते

काठमाडौं। कपिलवस्तुमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमितहरु मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। उनका अनुसार संक्रमितहरु ४०, ४२, ४५ र २० वर्षका पुरुषमा रहेका छन्।
उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएका थिए। संक्रमित चार जना मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए। क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो।
२०७७ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








