प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
२०७७ वैशाख ३१ गते

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन्। बुधबार साढे चार बजेका लागि सर्वदलीय बैठक डाकेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलकका अध्यक्ष, पूर्व प्रधानमन्त्री र सीमाविद्लाई डाकिएको छ। नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना महामारीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको बुझिएको छ।
‘पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो,’ रिमालले भने।
२०७७ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








