प्रवासमा खोज पत्रकारिता गर्न ‘खोपके’ को अनुरोध

लिस्बन । खोज पत्रकारिता केन्द्र (खोपके)ले प्रवासमा खोज पत्रकारिता गर्न अनुरोध गरेको छ । प्रवासमा नेपाली युवाले पाएको पीडालाई समाचारको विषय बनाउन खोपकेले प्रवासका सञ्चारकर्मीलाई आग्रह गरेको हो ।

युरोपमा रहेका पत्रकारलाई अनलाइन प्रविधिबाट तालीम दिँदै खोपकेका सम्पादक शिव गाउँलेले वैदेशिक रोजगारीबाट धेरै नेपाली युवाले भोग्नुपरेको पीडालाई बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

खोपकेका सल्लाहकार तथा निवर्तमान अध्यक्ष नम्रता शर्माले प्रवासी नेपालीको पीडालाई ध्यान दिई विषयको उठान गर्न सुझाव दिए। तालीममा खोज पत्रकारिताको महत्व, तरिका, विषवस्तुको छनोट र सुरक्षित पत्रकारिताका बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =