सचिवालय बैठक अघि प्रधानमन्त्रीसँग छलफल गर्न गौतम पुगे बालुवाटार
२०७७ वैशाख २० गते

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन्। उनी करिब दुई बजे छलफलका लागि बालुवाटार पुगेका हुन्।
अपराह्न ४ बजे नेकपा सचिवालय बैठक बस्दै छ। बुधवारको सचिवालय बैठकमा ओलीले भावी प्रधानमन्त्री तथा वरिष्ठ नेता नेपाललाई तेस्रो अध्यक्षका रुपमा प्रस्ताव अघि सारेका थिए। सोही विषयमा उपाध्यक्ष वामदेव गौतम छलफलका लागि बालुवाटर पुगेको नेकपा स्रोतले जनाएको छ।
बैठक अघि नेताहरु आन्तरिक छलफलमा व्यस्त छन्। बुधवारको सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले बिहीवार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए।
२०७७ वैशाख २० गते
प्रतिक्रिया
सम्बन्धित








