डेजी स्कुलले आफ्ना कर्मचारीलाई खाद्यान्न अभाव हुन नदिने

चितवन । पूर्वी चितवनको खैरहनी स्थित डेजी इग्लिस वोडिङ स्कुलले आफ्ना कर्मचारीहरुलाई खाद्यान्न अभाव हुन नदिने जनाएको छ । यदि खानेकुराको अभाव भएमा स्कुलमा आएर सम्र्पक गरि स्कुलले बनाएको मापदण्ड अनुसार खाद्यान्न लैजान सक्ने सुचना जारी गरेर जनाएको हो ।

सरकारको राहत वितरण कार्यलाई सहयोग गर्न स्कुलमा कार्यरत कर्मचारीहरुलाई कोरोना भाइरस पछि उत्पन्न विषय परिस्थितीमा घरमा खानेकुरा नभएमा तत्काल सम्पर्क गरि लैजान सक्ने वातावरण मिलाइएको स्कुलका प्रधानाध्यापक प्रेमराज रिमालले बताए ।

स्कुलले प्रति परिवार चामल ३० किलो,दाल ५ किलो,तेल २ लिटर, नुन २ किलो र साबुन आधा दर्जन लैजान सक्ने जनाएको छ । डेजी स्कुलमा २५ जना कर्मचारीहरु (सवारी चालक,सहचालक, कार्यालय सहयोगी, भान्से,  भान्सा सहयोगी,  सरक्षा गार्ड र सफाईका कर्मचारी) कार्यरत छन् ।

विद्यालयबाट राहत सामाग्री लिएपछि सरकारी वा गैरसरकारी संघसस्थाले प्रदान गर्ने राहत नलिई आफूभन्दा समस्यामा परेकाहरुलाई सहयोग हुने हुँदा त्यस्तो काम नहुने अपेक्षा गरिएको प्रधानाध्यापक रिमालले बताए । साथै सरसफाईमा ध्यान दिइ सामाजिक दुरी कायम गर्ने लकडाउनको पालना गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *