दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला

काठमाडौं । दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीमा दुई जना पुरुषको शव फेला परेको हो ।

मृतकको पहिचान खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =