गोठ भत्किँदा एकको मृत्यु
२०८३ असार ३२ गते

फाइल तस्वीर ।
वालिङ । स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ ।
भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिए । गोठले पुरिँदा चौपायासमेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताए ।
२०८३ असार ३२ गते
प्रतिक्रिया
सम्बन्धित








