सरकारलाई नेकपा सांसद हमालको प्रश्न- सुशासन सत्तापक्षलाई लाग्दैन?

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनी सरकारलाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा गरेका हुन् ।

प्रधानमन्त्री बालेन्द्र साहदेखि सत्तारुढ दलका कुनैपनि व्यक्तिलाई सरकारले सुशासनको मामिलामा छुट दिएको भन्दै सांसद हमालको आक्रोश थियो । उनले वर्तमान सरकारले जबाफदेहिता र पारदर्शिता विपक्ष दलहरूसँग मात्रै खोजेर प्रतिसोधको राजनीति गरिरहेको जिकिर पनि गरे ।

सांसद हमालले विपक्षलाई विना कारण पहिला थुन्ने अनि हेर्ने काम मात्रै सरकारले गरिरहेको भन्दै आपत्ति जनाए ।

उनले भने ‘सरकारका कतिपय गतिविधि प्रतिशोधपूर्ण हुन कि भन्ने भान हुनेगरी काम गरिराखेको छ । आतङ्कित तुल्याउने गरी काम गरिराखेको छ । हिजो कुरा उठेको थियो । पहिला थुन्ने अनि सुन्ने । मलाई त्यस्तो लाग्दैन । पहिला थुन्ने अनि जे पर्छ हेर्ने । त्यो नियतिमा सरकार गइरहेको छ । त्यसैले सुशासनको विषयमा गम्भीर प्रश्न उठेको छ । सुशासन सत्ता पक्षलाई लाग्दैन ? सरकार प्रमुखदेखि, सरकारमा रहेकादेखि, यो संसद्मा रहेकाहरू पारदर्शी हुनुपर्दैन, जबाफदेही हुनु पर्दैन ? जबाफदेहिता अरूलाई मात्रै थोपर्ने हो ?’

सांसद हमालले सरकारको कसैको इसारमा चलिरहेको भान भइरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =