इक्वेडरलाई २–०ले हराउँदै मेक्सिको विश्वकपको प्रि–क्वाटरफाइनलमा

काठमाडौं। फिफा विश्वकप २०२६को सह–आयोजक मेक्सिको इक्वेडरलाई २–० गोलले हराउँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा इक्वेडरलाई हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।

मेक्सिको सिटी स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युलियन क्वीन्योनेस र राउल जिमिनेजले गोल गरे। दुवै गोल पहिलो हाफमा भएको थियो।

२१ औं मिनेटमा क्वीन्योनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए। ३१ औं मिनेटमा जिमिनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर पारे। त्यसपछि दुवै टीमबाट गोल गर्ने प्रयासहरु भए पनि सफल हुन सकेन र खेल मेक्सिकोको पक्षमा गयो। हारसँगै इक्वेडरको विश्वकप यात्रा राउन्ड अफ ३२ बाटै टुंगिएको छ।

विजेता मेक्सिकोले भने अन्तिम १६ मा इंग्ल्यान्ड र डीआर कंगोबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =