बाजुरामा रूखबाट खसेर बालिकाको मृत्यु

काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते रावतको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

रूखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई अछाम बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =