गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड

काठमाडौँ । सांसदहरुले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिएका छन् ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनीहरुले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरु लाग्नुपर्ने सुझाव पनि दिएका छन् ।

समितिका केही सदस्यले दुवै विमानस्थल किन पूर्ण रूपमा सञ्चालन नभएको भन्नेबारेमा पनि छानबिन हुनुपर्ने बताएका छन् ।

समिति सदस्यहरु जगदीश खरेल, डा अर्जुन कार्की, गणेश कार्की, गणेशबहादुर विश्वकर्मा, तौफिक अहमद खान, रेनुका काउचा, राम लामा, प्रशान्त उप्रेती, अनुष्का श्रेष्ठले विमानस्थल सञ्चालन नभएकामा चिन्ता व्यक्त गरेका छन् ।

समिति सभापति सुम्निमा उदासले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको व्यस्तता कम गर्न पनि दुवै अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =