धर्नामा बसेकालाई भेट्न माइतीघरमा पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले विभिन्न माग राख्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नामा बसेका नागरिकलाई भेटेका छन् ।

बिहीबार सचिवालयका कर्मचारीसहित उनले धर्नामा बसेकाहरूलाई भेटेका हुन् ।

उनले आन्दोलनरतहरूको विवरण संकलन गर्नुका साथै उनीहरूको मागहरू सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । हाल माइतीघरमा जबरजस्ती करणीका पीडितहरू धर्नामा छन् । त्यसैगरी चुरे संरक्षण लगायतका अभियान्ताहरु समेत आन्दोलनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 8 =