संसदको गतिरोध हट्यो: प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले दिए स्पष्टीकरण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहको सीमासम्बन्धी विवादित अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभामा स्पष्टीकरण दिने विषयमा सहमति भएसँगै प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।
परराष्ट्रमन्त्री खनालले स्पष्टीकरण दिने विषयमा विपक्षी दलहरू सहमत भएसँगै सभाको बैठक बसेको हो ।
प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्री स्वयंले सभामा आएर स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्नो धारणा राख्नुपर्ने भन्दै अरू मन्त्रीमार्फत जवाफ दिनु न्यायसंगत तथा संविधानसम्मत नभएको बताए ।
उनले प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा आफ्नो धारणा लिखित रूपमा पठाउनुपर्ने धारणा राख्दै गल्ती एक जनाले गर्ने र अर्कोले त्यसको बचाउ वा सच्याउने अभ्यास स्वीकार्य नहुने बताए ।
उनले भने ‘प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनेकुरा सुन्नमा आएको छ । यसमा हाम्रो सहमति छैन । प्रधानमन्त्री पदलाई जिम्मेवार बनाउने कुरा हो । हाम्रो माग अरू केही होइन । उहाँ यहाँ आउँदै नआउने, अरू कसैले स्पष्टीकरण दिनेकुरा न्यायसंगत छैन, संविधानसम्मत छैन । उहाँको आफ्नो धारणा के हो त रु उहाँले यहाँ बोल्न आउनुभएन भने लिखत रूपमा धारणा पठाउनुपर्यो । नत्र एउटाले गल्ती गर्छ अर्कोले सच्याउने कुरामा हामी सहमत छैनौँ ।’
प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको विवादित अभिव्यक्ति दिएका थिए ।








