हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिबन्धको घोषणा

एजेन्सी । यमनको विद्रोही समूह हुथीले इजरायलको जाफा क्षेत्रमा रहेका संवेदनशील स्थानहरूलाई लक्षित गरी शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

यससँगै हुथीले लाल सागरमा इजरायलसँग सम्बन्धित सबै प्रकारका जहाजहरूको आवतजावतमा पूर्ण प्रतिवन्ध लगाउने घोषणा समेत गरेको छ ।

हुथी सैन्य प्रवक्ता याह्या सारियाले एक टेलिभिजन सम्बोधनमार्फत आफ्ना बलहरूले जाफा क्षेत्रका विभिन्न लक्ष्यहरूमा सफल आक्रमण गरेको र उक्त सैन्य कारबाहीले निर्धारित उद्देश्य प्राप्त गरेको बताए ।

प्रवक्ता सारियाले लाल सागरमा इजरायली समुन्द्री मार्गको प्रयोगमा पूर्ण प्रतिवन्ध लगाइएको घोषणा गर्दै अबका दिनमा इजरायलसँग सम्बन्धित जुनसुकै जहाजलाई वैध सैन्य लक्ष्य मानिने चेतावनी दिए ।

उनले हुथी समूहले आक्रमणको बदला आक्रमणबाटै दिने बताउँदै आफ्ना सैन्य कारबाहीहरूलाई अझ सशक्त र विस्तार गर्ने संकेतसमेत दिए ।

हुथी समूहले यमन र यस क्षेत्रका आफ्ना सहयोगी समूहहरूमाथि भइरहेको सैन्य आक्रमण र नाकाबन्दी अन्त्य नभएसम्म आफ्ना सैन्य गतिविधिहरू जारी रहने स्पष्ट पारेको छ । क्षेत्रीय तनाव बढिरहेका बेला हुथीको यो पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय जलमार्गमा थप सुरक्षा चुनौती थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =