स्थानीय वन र कृषि क्षेत्रमा मिचाहा झारको अतिक्रमण

झापा । जिल्लामा बाह्य मिचाहा प्रजातिका झार फैलावटका कारण स्थानीय जैविक विविधता, कृषि उत्पादन र पशुपालन क्षेत्रमा गम्भीर सङ्कट निम्तिएको छ ।

जिल्लाका कृषियोग्य भूमि, सामुदायिक वन, सिमसार क्षेत्र र सडक किनारमा मिचाहा झार तीव्र रूपमा फैलिएको हो ।

हल्दिबारी, भद्रपुर, मेचीनगर र दमक क्षेत्रका वनमा लहरे वनमारा (माइकेनिया) र ठूलो लज्जावती झार (मिमोसा0 का कारण स्थानीय वनस्पति र कृषि बाली नष्ट भइरहेको डिभिजन वन कार्यालय झापाका अधिकारी नथुनी यादवले बताए ।

यादवले नियन्त्रणका लागि स्थानीय सामुदायिक वन र पालिकासँग एकीकृत प्रयास भइरहेको जानकारी दिए । स्थानीय बासिन्दाले लहरे वनमारालाई ‘प्याङ्ग्री लहरा’ र ठूलो लज्जावतीलाई ‘वनकाँडा’का रूपमा चिन्ने गरेका छन् ।

विगतमा भुटानी शरणार्थी बसोबास गरेको क्षेत्र गोलधाप, खुदुनाबारी र बेलडाँगी आसपासमा वनकाँडाको फैलावट उच्च पाइएको छ । गुलाबी रङको फूल फुल्ने वनकाँडा चरन क्षेत्रमा फैलिँदा स्थानीय पशुपालन व्यवसाय प्रभावित बनेको छ ।

झापाको ओसिलो र न्यानो हावापानी एवं माटो मिचाहा झारको वृद्धिका लागि अत्यधिक अनुकूल रहेको फरेस्ट एक्सन नेपालका शोधकर्मी डा लीलानाथ शर्माले जानकारी दिए ।

मिचाहा झारलाई जरैदेखि उखेलेर फ्याँक्नु नै यसको नियन्त्रणको सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय मानिएको डा शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =