प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’

काठमाडौँ । ललितपुरको बखुन्डोलस्थित नेपालको पहिलो शून्य फोहोर अवधारणामा आधारित ‘जेरो क्याफे’ले विश्व वातावरण दिवसको उपलक्ष्यमा प्लास्टिकजन्य फोहोर रिसाइकलसम्बन्धी कक्षाहरू सञ्चालन गरेको छ ।

शुक्रवार विश्व वातावरण दिवसको अवसरमा क्याफेले स्थानीय उत्पादनको प्रयोग गर्दै फोहोर न्यूनीकरण अभियानलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो ।

क्याफेका सञ्चालन नवीन विकास महर्जनले क्याफेमा प्लास्टिकजन्य फोहोरलाई रिसाइकल गर्ने उपकरणहरू राखिएको बताए । महर्जनले ग्राहकले आफूसँग रहेको प्लास्टिकजन्य फोहोर ल्याएर रिसाइकल गरी विभिन्न उपयोगी सामग्री बनाउन सक्ने बताए ।

उनले भने ‘आज विश्व वातावरण दिवसको उपलक्ष्यमा काम गरेर देखाउने उद्देश्यले यो जेरो क्याफे खोलेका हौँ । अहिले सहरमा प्लास्टिक फोहोर एकदमै बढेको छ । यदि हाम्रोमा कसैले प्लास्टिक लिएर आयो भने हामी कहाँ रहेका मेसिनमार्फत राम्रो सामान बनाएर लैजान सकिन्छ ।’

उनले पछिल्लो समय शहरी क्षेत्रमा प्लास्टिकजन्य फोहोरको समस्या बढ्दै गएको भन्दै त्यसको न्यूनीकरणको पहल स्वरूप क्याफे सञ्चालनमा ल्याइएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =