आतंकवादी चुनौती विरुद्ध अफ्रिकी राष्ट्रहरूसँग सहकार्य गर्न टर्की प्रतिबद्ध

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अफ्रिकी मुलुकहरू, विशेषगरी साहेल क्षेत्रमा व्याप्त आतंकवादी चुनौती विरुद्ध लड्न आफ्नो देश पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

बिहीवार अंकारामा नाइजरका राष्ट्रपति अब्दुरहमान चियानीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । सोही अवसरमा नाइजरका राष्ट्रपति चियानीले नाइजरको रक्षा उद्योग लगायतका क्षेत्रमा टर्कीले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे ।

चियानीको यो टर्कीको पहिलो औपचारिक भ्रमण हो । यस भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले कैयौँ द्विपक्षीय सम्झौताहरूमा समेत हस्ताक्षर गरिएको छ । पछिल्लो समय टर्की र अफ्रिकी देशहरूबीचको आर्थिक सम्बन्ध पनि सुदृढ हुँदै गएको छ ।

टर्कीका सञ्चारमाध्यमहरूका अनुसार सन् २००२ को तुलनामा अफ्रिकासँगको व्यापार करिव १० गुणाले वृद्धि भई सन् २०२५ सम्ममा ४० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । त्यसैगरी, सन् २००३ मा ६ करोड ७० लाख डलर रहेको टर्कीको अफ्रिकामा लगानी सन् २०२४ सम्म आइपुग्दा १० अर्ब डलर पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =