सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका लागि सोमबार मध्यान्ह नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

रास्वपाको नेतृत्वमा सरकार गठन भएपश्चात् सभापति लामिछानेको यो पहिलो औपचारिक भारत भ्रमण हो ।

सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल पनि भारत भ्रमणमा छिन् । सत्तारुढ दलका प्रमुखको यस भ्रमणलाई राजनीतिक वृत्तमा विशेष चासो र महत्वका साथ हेरिएको छ ।

भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यद्यपि मोदीसँगको भेटको टुंगो भने लागि सकेको छैन । उनको यस भ्रमणले दुई देशबीचको राजनीतिक सम्बन्ध र आपसी हितका विषयमा संवाद हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 14 =