ट्राफिक व्यवस्थापनको क्षेत्रमा पर्याप्त प्रविधिको अभाव

काठमाडौँ । नेपाल प्रहरीले ट्राफिक व्यवस्थापनका लागि अहिले सबैभन्दा उपयुक्त समय भएको टिप्पणी गरेको छ ।

सोमवार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उक्त कुरा बताएका हुन् ।

अहिलेको सरकारले बजेटमा पनि ट्राफिक व्यवस्थापनको विषयलाई यथोचित ढंगले सम्बोधन गरेकाले त्यसैलाई मध्यनजर राखेर समयले खोजेअनुसार ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताए । ट्राफिक व्यवस्थापनको क्षेत्रमा पर्याप्त प्रविधिको अभाव भएको र त्यसलाई पूर्ति गर्न पनि अहिलेको समय सबैभन्दा उपयुक्त भएको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीको भनाई छ ।

उनले ट्राफिक व्यवस्थापनको सन्दर्भका ऐन, नियमहरू पनि सरकारले सामयिक बनाउने कामलाई अघि बढाएको बताए ।

उनले भने ‘डिजिटल्ली हामी केही अगाडि बढेका छौ । तर पर्याप्त छैन । यो अपर्याप्त प्रविधिको सन्दर्भमा यसलाई अहिले जुन राइट समय छ । श्रीमान् सचिवज्यूले भन्नुभएको छ–केही पोलिसीहरु चेन्ज छन् । केही ऐन, कानुनहरू निर्माणाधीन छन् । र, अहिलेको सरकारले बजेटमा पनि सम्बोधन गरेको छ । यो समयलाई हामीले मध्यनजर गर्दै हामीले यही बेला खोजेको ट्राफिक व्यवस्थापन, समयले डिमान्ड गरेको ट्राफिक व्यवस्थापनमा डिपाचर गर्नुपर्ने अवस्था छ । केही चेन्जेजहरु ट्राफिक प्रहरीले ल्यायो ।’

त्यस अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ट्राफिक प्रहरीले यसको व्यवस्थापनमा अतुलनीय योगदान पुर्याउँदै आएको भन्दै प्रशंसा समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =