हुवाङशान हिमालमा अत्याधुनिक ‘एक्जोस्केलेटन’ सुट लगाएर विश्वभरका मेयरद्वारा पदयात्रा

एजेन्सी । पूर्वी चीनको अनहुइ प्रान्तमा अवस्थित प्रसिद्ध हुवाङशान हिमालमा विश्वका विभिन्न शहरका मेयर तथा नगर प्रतिनिधिहरूले अत्याधुनिक प्रविधिको सहयोगमा पदयात्रा गरेका छन् ।

शुक्रवार भएको यस विशेष कार्यक्रममा सहभागीहरूले उकालो चढ्न र हिँड्न सहज बनाउने ‘एक्जोस्केलेटन’ उपकरणको प्रयोग गरेका थिए । हिमाल आरोहणका क्रममा जर्मनीको स्ट्राल्सुण्डका मेयर अलेक्जेन्डर बाड्रोले प्रविधिको सहयोगमा गरिएको यो यात्राको अनुभव निकै सुखद् रहेको बताए ।

त्यस्तै, सान मारिनोको सेराभालेका मेयर एन्ड्रिया क्रेसेन्टिनीले उक्त आधुनिक सुट लगाएर हिँड्दा आफूलाई चर्चित काल्पनिक पात्र ‘आइरन म्यान’ जस्तै महशुस भएको प्रतिक्रिया दिए ।

शारीरिक बल कम खर्च गरी कठिन भौगोलिक क्षेत्रमा सहजै आवतजावत गर्न मद्दत पुर्याउने उद्देश्यले विकास गरिएको यो ‘क्लाइम्ब–असिस्टिङ’ प्रविधिप्रति सहभागी प्रतिनिधिहरूले उत्साह व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =