इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय गर्छु: ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने शुक्रबार बताएका छन् ।

“अन्तिम निर्णय गर्न म अब ‘गोप्य कोठा’मा बैठक गर्नेछु”, ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “इरानसँग कहिल्यै पनि आणविक हतियार नराख्न र इन्धन तथा अन्य सामान ढुवानीका लागि हर्मुज मार्ग खोल्न सहमत हुनुपर्दछ ।”

यसैबीच तेहरानबाट प्राप्त समाचारअनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामका लागि ‘अमेरिकी अत्यधिक’ माग के हुने भन्ने विषयले अन्त्यमा सम्झौता हुने वा नहुने भन्ने निर्भर हुने बताए ।

इरानका उच्च कूटनीतिज्ञ अराघचीले आफ्ना ओमानी समकक्षीलाई मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग सम्झौता गर्नु वासिङ्टनले आफ्नो ‘अत्यधिक माग’ त्यागेमा मात्र सम्भव हुने बताए ।

“इरानका विदेश मन्त्रीको यो भनाइले सङ्केत गरेको छ, “अन्तिम सम्झौतामा पुग्न अमेरिकाले राखेका अत्यधिक मागमा परिवर्तन र उसका विरोधाभासपूर्ण भनाइको आधार र अमेरिकी पक्षको मनोवृत्तिको अन्तिम अवस्थामा निर्भर गर्दछ,” इरानी विदेश मन्त्रालयले मन्त्रीहरूबीचको कुराकानीको सारांशमा जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =