सुर्खेतमा टिपरको ठक्करबाट घाइते युवकको मृत्यु
२०८३ जेठ १४ गते

सुर्खेत । सुर्खेतमा टिपरको ठक्करबाट घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगङ्गा नगरपालिका–२ कालापानीका २३ वर्षीय कमल वलीको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।
प्रहरीका अनुसार कालापानी खोलाबाट सत्तरीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०६४७ नम्बरको टिपरले बुधबार राति वलीलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि घाइते भएका वलीलाई उनका बुबा दलबहादुर वलीले तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याएका थिए । उपचारकै क्रममा बिहीबार अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न टिपर चालक वीरेन्द्रनगर नगरपालिका–१० का ५२ वर्षीय मानबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
२०८३ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित








