घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लागुऔषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग हवल्दार थापाले रु ५० हजार घुस लिँदै गरेको अवस्थामा आयोगको कास्की कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

आरोपी थापालाई बिगोबमोजिम कैद र जरिवानासहितको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =