सिंहदरबारमा प्रधानमन्त्री बालेन, रवि र अर्थमन्त्री वाग्लेबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सिंहदरबारमा छलफल जारी रहेको छ ।

उनीहरूबीचको छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भइरहेको हो । स्रोतका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर छलफल अघि बढाइएको छ ।

प्रधानमन्त्री शाह करिब १२ घण्टादेखि सिंहदरबारमै रहेका छन् । दिनभर विभिन्न भेटघाटमा व्यस्त रहेका उनी कार्यालय समयपछि अर्थमन्त्री वाग्ले र रास्वपा सभापति लामिछानेसहितको छलफलमा सहभागी भएका हुन् ।

बजेटको अन्तिम तयारी भइरहेका बेला भएको यो भेटवार्तालाई राजनीतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =