राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक दफवार छलफलका लागि समितिमा

काठमाडौँ । प्रतिनिधिसभाले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयत समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

सभाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + three =