बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त छाउनीबाट पक्राउ
२०८३ जेठ १० गते

सांकेतिक तस्बीर ।
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२२ निवासी ५३ वर्षीय प्रणवलाल सिंह रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सिंहलाई काठमाडौँ महानगरपालिका–१३ छाउनी क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका सिंहलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
२०८३ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित








