‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा ब्लू डायमण्डको सहकार्य

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा सेलिब्रेशन पार्टनरका रूपमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्धारा उत्पादित ब्लू डायमण्ड जोडिएको छ ।
नेपालमा घरेलु मदिरा ब्रान्डमध्ये परिचित ब्लू डायमण्ड विशेषगरी जिन उत्पादनका लागि लोकप्रिय मानिन्छ । मसला र विशेष स्वादको संयोजनसहित तयार गरिने यस ब्रान्डले गुणस्तरीय उत्पादनमार्फत बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।
कम्पनीले परम्परागत उत्पादन विधिलाई आधुनिक प्रविधिसँग संयोजन गर्दै उपभोक्तामाझ निरन्तर गुणस्तरीय उत्पादन पुर्याउँदै आएको जनाएको छ ।
मनोरञ्जन, उत्सव र जीवनशैलीसँग सम्बन्धित कार्यक्रमसँग सहकार्य गर्दै ब्लू डायमण्डले ब्रान्ड उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ । त्यसपछि कार्यक्रम देशका विभिन्न प्रमुख सहरहरूमा आयोजना गरिनेछ ।








