‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को सेलिब्रेशन पार्टनरमा गोल्डेन ओक

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रमको सेलिब्रेशन पार्टनरमा हिमालयन एन्डेभर अर्गानिक लिमिटेडको गोल्डेन ओक प्रिमियम ड्रिङकिङ जोडिएको छ ।

नेपाली बजारमा परिचित गोल्डेन ओकले मनोरञ्जन तथा प्रेरणामूलक कार्यक्रममा सहकार्य गर्दै युवामुखी अभियानलाई साथ दिएको हो ।

कार्यक्रमले युवाहरूलाई हाँसो, प्रेरणा र उत्साहमार्फत सकारात्मक ऊर्जा प्रदान गर्ने लक्ष्य लिएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।

देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रम जेठ १० गते काठमाडौंबाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =