‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’को पावर्ड वाई पार्टनरमा करेन्ट चाउचाउ

काठमाडौँ । मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा करेन्ट चाउचाउ उत्पादक यशोदा फुड्सले सहकार्य गरेको छ ।

नेपाली बजारमा ‘करेन्ट चाउचाउ’ ब्रान्डमार्फत परिचित यशोदा फुड्स युवामाझ लोकप्रिय खाद्य उत्पादन कम्पनीमध्ये एक मानिन्छ । कम्पनीले स्वाद र गुणस्तरलाई प्राथमिकता दिँदै विभिन्न खाद्य सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ । यशोदा फुड्सले नेपालमा मात्रै नभएर विश्वका २२ देशमा आफ्नो उत्पादन निर्यात गर्दछ ।

युवाहरूलाई मनोरञ्जनसँगै सकारात्मक सोच, उत्प्रेरणा र जीवनप्रति आशावादी दृष्टिकोण दिन आयोजना गर्न लागिएको कार्यक्रममा यशोदा फुड्सले ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साथ दिने भएको छ ।

एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको कार्यक्रम आइतबारदेखि काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।

देशव्यापी रूपमा सञ्चालन हुने कार्यक्रम जेठ १० गते काठमाडौंबाट सुरु भएर जेठ १५ गते पोखरा, १६ गते बुटवल, १७ गते चितवन, १९ गते वीरगन्ज, २१ गते बिर्तामोड र २२ गते इटहरीमा आयोजना हुने तालिका छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =