सुपर त्रिशूली हाइड्रोपावर निर्माणस्थलमा खसेर मजदुरको मृत्यु

गोरखा । गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर एक मजदुरको मृत्यु भएको छ ।

गण्डकी गाउँपालिका–१ बुट्टारस्थित सुपर त्रिशूली हाइड्रोपावर निर्माणस्थलमा कार्यरत मजदुर काम गर्ने क्रममा पर्खालबाट खस्दा गम्भीर घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा सप्तरी घर भएका ४१ वर्षीय दुखीलाल यादव रहेका छन् ।

दिउँसो करिब २ः४५ बजे करिब २० मिटर अग्लो पर्खालबाट खसेर घाइते भएका यादवलाई उपचारका लागि चितवनस्थित आधारभूत अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =