एकै छानामुनि विभिन्न ब्रान्ड उपलब्ध गराउँदै ‘सीजी डिजिटल’

काठमाडौँ । इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि विभिन्न पसल धाउनुपर्ने उपभोक्ताको झन्झटलाई मध्यनजर गर्दै चौधरी ग्रुप अन्तर्गतको CG Electronics ले सञ्चालन गर्दै आएको CG Digital ले ‘All Brands in One Roof’ अवधारणालाई विस्तार गर्दै गएको जनाएको छ ।

कम्पनीका अनुसार हाल नेपालभर रहेका २८ वटा शोरूममार्फत ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादन अवलोकन, तुलना तथा खरिद गर्ने सुविधा उपलब्ध गराइएको छ ।

CG Digital मा LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, CG Meridia, Black + Decker र Burly लगायतका ब्रान्डका होम एप्लायन्सेस तथा इलेक्ट्रोनिक्स सामग्री उपलब्ध छन् । साथै Nothing, Motorola र Ai+ जस्ता मोबाइल ब्रान्डका उत्पादन पनि बिक्री हुँदै आएका छन् ।

बजारमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेसका विकल्प बढ्दै जाँदा उपभोक्तालाई सही उत्पादन छनोट गर्न चुनौती हुने गरेको छ । यस्तो अवस्थामा एउटै स्थानमा विभिन्न ब्रान्ड तुलना गर्न सकिने व्यवस्थाले ग्राहकलाई सहज भएको कम्पनीको दाबी छ ।

कम्पनीले विश्वकपलाई लक्षित गर्दै केही उत्पादनमा छुट, उपहार तथा फाइनान्स सुविधा समेत उपलब्ध गराएको जनाएको छ ।

CG Digital र LG Brand Shop ले देशभर आफ्नो शोरूम सञ्जाल विस्तार गर्दै उपभोक्तालाई सहज सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =