जातीय भेषभूषा र सांस्कृतिक झाँकीसहित सुरु भयो मगर महाधिवेशन (तस्बिरहरू)

काठमाडौँ । नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

आज (शुक्रवार) भृकुटीमण्डपबाट सांस्कृतिक र्‍याली सुरु भई पुतलीसडक हुँदै कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।

महाधिवेशनको अवसरमा देशका विभिन्न भूभागबाट आएका मगर समुदायका युवायुवतीहरू आफ्ना मौलिक जातीय भेषभूषा, परम्परागत गहना तथा सांस्कृतिक झाँकीसहित कार्यक्रममा सहभागी भएका छन् ।

ढोल, मादल, कौरा र सालैजो भाकासँगै मगर समुदायको सांस्कृतिक पहिचान झल्काउने विविध प्रस्तुति र्‍यालीको मुख्य आकर्षण रहेको छ ।

दुई दिनसम्म चल्ने यो महाधिवेशनमा मगर समुदायको भाषा, कला, संस्कार र पहिचान संरक्षणका विषयलाई पनि प्राथमिकताका साथ उठाउने संघले बताइएको छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =