नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा केसी निर्वाचित, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको नयाँ अध्यक्षमा उत्तम केसी निर्वाचित भएका छन् ।

आइतबार अबेर राती सार्वजनिक गरिएको मतपरिणाम अनुसार केसी आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

निर्वाचनमा खसेको कुल ३५६ मतमध्ये केसीले २१६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सविन श्रेष्ठले १३२ मात्रै मत प्राप्त गरे ।

अन्य पदाधिकारीहरूको नतिजाः

उपाध्यक्षः शिवहरि बैरागी (१४६ मत)

महिला उपाध्यक्षः पूजना प्रधान (१४४ मत)

महासचिवः सुनील कटुवाल (१९५ मत)

सचिवः गोपाल ढकाल (२१४ मत)

कोषाध्यक्षः तेजुला खतिवडा (१४९ मत)

सहकोषाध्यक्षस् पवन केसी (१६१ मत)

कार्यसमिति सदस्यहरू:

नयाँ कार्यसमितिको सदस्य पदमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान (माने) विजयी भएका छन् ।

नयाँ कार्यसमितिको कार्यकालमा चलचित्रकर्मीहरूको हकहित र नेपाली चलचित्र क्षेत्रको व्यावसायिक विकासले थप गति लिने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =