मेरो आँखा मोबाइलमा भए पनि कानले भाषण सुनेकै हुन्छ: महाविर पुन

काठमाडौँ । पूर्वमन्त्री एवं स्वतन्त्र सांसद महाविर पुनले आफ्नो आँखा मोबाइलमा भए पनि कानले भाषण सुनेकै हुने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लख्दै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन् ‘मेरो भनाई सुन्नुहोस् – मैले सदनमा माननीय सांसदज्यूहरू बोल्दै गर्दा मोबाइल चलाएको देखेर धेरैलाई रिस उठेको छ। माफ गर्नु होला । मैले मोबाइलमा काम लाग्ने केही न केही कुरा हरू पढिरहेको हुन्छु र लेखि रहेको हुन्छु। मेरो आँखा मोबाइलमा भए पनि कानले चाहिँ भाषण सुनेकै हुन्छ र सुनेको कुरा दिमागमा राखी रहेकै हुन्छु । कुनै अर्को मान्छे छेउमा आएर कुनै कुरा गर्‍यो भने त्यो पनि मज्जै सँग सुन्छु । मेरो बानी नै यस्तै छ त हजुर -के गर्ने’

उनले आफ्नो आँखा मोबाइलमा भए पनि छेउको कुरा मज्जै सँग सन्ने बताउँदै जनतासँग क्षमा माग्दै आफ्नो बानी नै यस्तै रहेको जिकिर गरेका छन् ।

केही समयअघि संसद् बैठकमा अन्य सांसदहरू उठेको अवस्थामा सांसद पुन भने सिटमै बसेर मोबाइल चलाई रहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । धेरैले उनको ट्रोल बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =