जेठ २ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
अध्ययनका प्रभावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। कृषिमा पशुपालनको क्षेत्रबाट विशेष लाभ आर्जन गर्न सकिएला। विद्यार्थीहरूलाई गुरुजनहरुको साथ र सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न नसक्लान्। गृहणीहरूको घरेलु कामकाजमा धेरै समय बित्नेछ। दोहोराएर कार्य गर्दा रोकिएका काम बनाउन सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
छोटो समयमा दिगो काम हात लाग्नेछ। प्रयत्न गर्दा ठूलो कार्यसम्पादन गर्न सकिनेछ। शत्रु र प्रतिस्पर्धीहरूलाई पछाडि पार्न सकिनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
अध्ययनमा प्रगति हुने र सोचेको कार्य सम्पादन गर्न सकिनेछ। बोलिको प्रभाव बढ्नेछ भने लेखन कलामा पनि निखार आउनेछ। आत्मविश्वासको साथमा आफ्नो कुरा राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आकस्मिक कामले खर्च बढाउन सक्नेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। विदेश भ्रमणको लागि प्रयत्न गर्ने समय रहेको छ। दिगो कार्य प्रारम्भ गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मेहनत र परिश्रमले नौकरी वा पैशामा नयाँ जिम्मेवारी मिल्नेछ। युवाहरूलाई करियरलाई लिएर विशेष अवसर प्राप्त हुनेछ। शुभचिन्तक र आत्मीयजनहरूको पहिचान गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। ठूलो योजना पूरा गर्न केही समय लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सामाजिक सद्भाव बढ्नेछ। आफन्तहरूको साथ सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
समाजमा मान सम्मान बढ्नेछ। व्यापारलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा अधिकारीवर्गको सहयोगले कार्य समयमा सम्पादित हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।








