जनताबाट अनुमोदित एजेण्डासहित नीति तथा कार्यक्रम ल्याइएको छ, संशोधन प्रस्ताव फिर्ता लिएर सहयोग गर्नुस्: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले सरकारले जनताबाट अनुमोदित एजेण्डासहित आएको नीति तथा कार्यक्रम ल्याइएको भन्दै सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले नीति तथा कार्यक्रमलाई थप परिमार्जित र समृद्ध बनाउन सकारात्मक सुझाव ग्रहण गर्न सरकार तयार रहेको पनि बताए । उनले नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी र समृद्ध बनाउन सरकार खुला रहेको उल्लेख गर्दै संसदबाट व्यापक सहमतिका साथ पारित गराउने वातावरण समेत आग्रह गरे ।

उनले भने ‘प्रबुद्ध माननीयज्यूहरूलाई म आग्रह गर्न चाहन्छु, हामीले ल्याएका एजेण्डाहरुलाई, जनताबाट अनुमोदित भएका आएका विषयहरूलाई थप समृद्ध हुने गरेर नीति तथा कार्यक्रमलाई थप समृद्ध हुने गरेर आएका सुझावहरूलाई ग्रहण गर्छौँ भनिसकेका छौँ । त्यसकारण तपाईँहरूले राख्नुभएका संशोधनहरू समेत फिर्ता गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

सभाको जारी बैठकमा सांसदहरूले राखेको संशोधन प्रस्तावहरू निर्माणार्थ प्रस्तुत गर्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =